पर्यटकमाझ अत्यन्तै रुचाइएको र्‍याफ्टिङ अब सिन्धुलीको खुर्कोटस्थित सुनकोसीमा पनि गर्न पाइने

पर्यटकमाझ अत्यन्तै रुचाइएको र्‍याफ्टिङ अब सिन्धुलीको खुर्कोटस्थित सुनकोसीमा पनि गर्न पाइने भएको छ ।
खुर्कोटमा गरिएको एक कार्यक्रममा एमाले नेता माधवकुमार नेपाललगायत करिब ३०० पर्यटकले जलयात्रा गर्दै सिन्धुलीको सुनकोसीमा र्‍याफ्टिङको सुरुवात गरेका हुन् ।
हिमाल, पहाड, खोलानाला, झरना, अनि उकाली-ओरालीको देश नेपालमा साहसिक तथा पर्यटकीय खेलको विशेष सम्भावना छ ।
नेपाली भू-बनोटमा सुहाउँदा विभिन्न साहसिक खेलमध्ये र्‍याफ्टिङ विशेष सम्भावना बोकेको खेल हो ।
लामो समयदेखि त्रिशूली, भोटेकोसीलगायतका नदीमा सन्चालन भइरहेको र्‍याफ्टिङ खेलले वर्षेनि हजारौं स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याइरहेको छ ।
यसैबीच, सिन्धुलीको खुर्कोटस्थित सुनकोसी नदीमा र्‍याफ्टिङको सुरुआत गरिएको छ । – इमेजखबरमा समाचार छ ।