माओवादी जनयुद्धका मुद्दामा अदालत पीडित संघले सरकार र एमाओवादीबीच भएको ९ बुँदे सम्झौतालाई अविलम्ब लागू गर्न माग गरेको छ ।
पीडित संघले आज चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरी सम्झौता लागू गर्न माग गरेको हो ।
सम्झौता लागू गर्न आलटाल गरिए संघर्षमा उत्रिने चेतावनी दिदैं संघका संयोजक बाबुराम गौतमले अदालतले शान्ति विरोधी हर्कत गर्न थालेको आरोप लगाए । इमेजखबरमा समाचार छ ।