नेपाली सेनाले भारतीय कलाकारको स्वागतका लागि विमानस्थलमा अधिकृतको टोली पुग्नु स्वभाविक भएको स्पष्ट

 नेपाली सेनाले भारतीय कलाकारको स्वागतका लागि विमानस्थलमा अधिकृतको टोली पुग्नु स्वभाविक भएको स्पष्ट पारेको छ। सेतोपाटीमा समाचार छ । 
सोमबार एक विज्ञप्ति प्रकाशन गर्दै नेपाली सेनाले भनेको छ, महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा व्यवस्था अवलोकनको साथै विमानस्थलमा उपस्थित शुभेच्छुक एवं समर्थकहरुबाट असहज स्थिति पैदा नहोस् भन्नको लागि पनि अन्य सुरक्षा निकायको साथ साथै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षार्थ सोही स्थानमा तैनाथ नेपाली सेनाको ईन्जिनियर निर्देशनालयका अधिकृतहरु उपस्थित हुने प्रचलन छ। आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्था अनुगमनको लागि जाने सैनिक व्यक्तिहरुले सैनिक पोशाक प्रयोग गर्नु स्वभाविक नै हो।
विज्ञप्तिमा अगाडि भनेको छ, नेपाली सेनाको व्यवसायिक मर्यादा, संस्थागत हित र नेपाली सेना विवादमुक्त रहनुपर्छ भन्ने सकारात्मक मनशायसहित प्रकाशित एवं प्रशारित समाचारहरु प्रति नेपाली सेना आभार व्यक्त गर्न चाहन्छ।
हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ
 
१. मिति २०७३ जेठ १ गते सैनिक श्रीमती संघद्वारा आयोजित नृत्य कार्यक्रम  अमरपंक्षी  सम्बन्धमा प्रकाशित एवं प्रशारित समाचारहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।
 
२. नेपाली सेनाको व्यवसायिक मर्यादा, संस्थागत हित र नेपाली सेना विवादमुक्त रहनुपर्छ भन्ने सकारात्मक मनशायसहित प्रकाशित एवं प्रशारित समाचारहरु प्रति नेपाली सेना आभार व्यक्त गर्न चाहन्छ ।
 
३. विगतमा टुँडिखेलमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा समेत नेपाली सेनाले प्रत्यक्ष एवम् परोक्षरुपमा सहयोग पु