खल्तीको सामान दिएजस्तो एमालेले दाहाललाई प्रधानमन्त्री दिनसक्दैन्: महासचिव पोखरेल

 वीरेन्द्र केसी
कास्की ।   एमाले महासचिव इश्वर पोखरलेलले बजेट प्रस्तुत पछि सरकार परिवर्तन हुने र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एमालेले प्रधानमन्त्री दिने हल्ला निराधार भएको बताएका छन । उनले खल्तीमा सामान दिएजस्तो प्रधानमन्त्रीको पद एमालेले दिन नसक्ने बताए । 
प्रेस चौतारी कास्कीले मंगलवार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले केपी ओलीको विकल्प खोज्नु मूर्खता भएको दावी गरे । ‘सरकार परिवतर्न अब कसैले गर्न सक्दैन, उनले भने, सरकार हटाउने पासो असफल भैसक्यो । सरकार बदल्छु भन्दा काग्रेस नराम्ररी भुइमा पछारिएको बताए । उनले भुइमा पछारिदा लागेको धुलो टकट्क्याएर काग्रेसले एमालेसँग सहकार्य गरेर अगाडी बढनुको विकल्प नभएको दावी गरे । 
‘कसैले फेर्न खोज्दैमा केपी ओली नेतृत्वको सरकार परिवर्तन हुदैन’, उनले भने, ‘२०७४ माघ ७ गतेसम्म यही सरकार रहन्छ । यो अवधीमा प्रदेश, संसद र स्थानीय निकायको निर्वाचन गराउछ ।’
उनले भारत र चीनसँग एउटै सम्बन्ध रहेको र चीनसँग पारवाहन सम्झौताले नेपाललाई ठुलो फाइदा पुग्ने बताए । 
तस्बिरहरु: