लमजुङमा बस दुर्घटनामा मृत्‍यु हुनेको सन्ख्या ९

 मध्यनेपाल नगरपालिका वडा नं. ५, जिता र तान्द्राङटक्सारको सीमा साल्मेडाँडामा यात्रुबहासक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अन्य ९ जना गम्भीर घाइते छन् । प्रहरी र स्थानीयका अनुसार बस कच्ची सडकबाट करीब ४ सय मीटर तल खसेको छ । डीएसपी शम्भूप्रसाद ढकालले ९ जनाको घटनास्थलमै मृत्यु भएको बताए ।
दमौलीबाट जिताका लागि छुटेको ना६ख ४१३६ नं. को यात्रुबहाक बस बिहीबार साँझ ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
उनका अनुसार मृत्यु हुनेमा मध्यनेपाल १, जिताकोटका ३५ रमा गुरुङ, ५३ वर्षीय रामकृष्ण गुरुङ र उनकी पत्नि ४५ वर्षीया मीनाकुमारी गुरुङ, ८० वर्षीया चिनमाया गुरुङ, ३६ वर्षीया राजिन गुरुङ, ४१ वर्षीय शेरवहादुर खवास, ३५ वर्षीय गणेश गुरुङ, १ वर्षीया सविना खवास र ३५ वर्षीय नारायण थापा रहेका छन् ।
घाइते ९ जनाको तनहुँ सदरमुकाम दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांश गम्भीर रहेको प्रहरीले जनाएको छ । 
घटनास्थलमा प्रहरी र ट्राफिकले स्थानीयसँग मिलेर यात्रुहरुको उद्दार गरेका थिए । 
प्रत्यक्षदर्शी स्थानीय हेमलाल खवासले बैशाख पूणिर्मा मनाउन गाउँ आएका दम्पत्ति नै उक्त घटनामा परेर निधन भएको बताए । ‘खेतमा काम गर्दै थियौँ । बस सडकबाट हेर्दाहेर्दै तल पो खस्यो’ उनले भने ।  उनका अनुसार रात परेकाले उद्धारमा समस्या भएको थियो । कान्तिपुरमा समाचार छ ।