नवलपरासीको हर्कपुरमा कामदार बोकेको ट्रक पल्टिँदा ४ कामदारको मृत्यु

महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको हर्कपुरमा कामदार बोकेको ट्रक पल्टिँदा ४ कामदारको मृत्यु भएको छ । दुर्घटनामा १५ घाइते भएका छन् ।
प्रहरीका अनुसार चालक निदाएर भएको दुर्घटनामा २ जनाको घटनास्थलमै र २ जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारकोक्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यान हिउचा गाविस- ९ कि दिल्ली कुँवर र सितली कुँवर रहेका छन् । अन्य दुई पुरुष मृतकको नाम, थर नखुलेको प्रहरीको भनाइ छ ।  
सल्यानबाट काठमाडौं हिडेको  बा २ क ११३७ नम्बरको ट्रक हर्कपुरमा बुधवार बिहान अनियन्त्रित भएर पल्टिएको प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । कान्तिपुरमा समाचार छ ।