नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मृत अवस्थामा फेला

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषा घर्तीमगर बर्दघाट नगरपालिका-११ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।
शंकस्पद अवस्थामा घरमा मृत अवस्थामा फेला परेकाे उनकाे शवकाे पाेस्टमार्टम गर्नका लागि टिचिङ अस्पताल ल्याइने भएकाे हाे । 
नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषा घरको खाटमा मृत अवस्थामा फेला परेकी हुन् ।  उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिन्छ । कोठामा रगतको दाग पनि भेटिएको छ,  उनले भने,  उनको आमा बुटवल जानु भएको रहेछ । घरमा उनी एक्लै थिइन् । 
प्रहरीलाई छिमेकीले जानकारी गराए अनुसार मनिषा घरमा एक्लै भएको अवस्थामा एकजना केटा घरमा आएको र उनीहरूबीच झगडा परेको थियो । झगडा गरेर केटा बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीका अनुसार हिजाे बुटवल गएकी अामा बिहान ५:३० बजे तिर घर फर्कंदा मनिषालाई मृत अवस्थामा देखेपछि छिमेकीसँग हारगुहार गरेकी थिइन् । त्सपछि प्रहरी घटनास्थल पुगेकाे थियाे ।
प्रहरीले छिमेकीले दिएको विवरणकै आधारमा मनिषासँग झगडा गरेर बाहिरिएका आशिष चाैधरीसहित अर्को एकजनालाई पनि नियन्त्रणमा लिएको छ ।
 हत्या हो वा आत्महत्या हामी अहिले नै भन्न सक्ने स्थितीमा छैनौं,  एसपी चौधरीले भने,  प्राप्त भएको जानकारीका आधारमा दुईजनालाई नियन्त्रणमा लिएर अनुशन्धान सुरु भइसकेको छ । बाँकी तथ्य पोस्टमार्टम पछि खुल्न सक्छ । कान्तिपुरमा समाचार छ ।