पुरानो रामेछाप सदरमुकामबाट हिमगंगाका लागि छुटेको ना १ ज ४१६१ नम्बरको विपि यातायातको सुमो दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
रामेछाप नगरपालिका-१ अोख्रेनीमा बिहीबार दिउसो सुमो दुर्घटना भएको हो। सुमोमा १३ जना यात्रु सवार थिए। सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी निरीक्षक मख्खन यादवले जानकारी दिए।
उनका अनुसार दुर्घटनास्थल निकै अप्ठेरो भिर रहेका कारण उद्दारमा कठिनाइ भएको बताए। मृतकको सनाखत हुन सकेको छैन। उद्दार कार्य जारी छ। नागरिकन्युजमा समाचार छ ।