अनुगमनका क्रममा नीजि विद्यालयले शुल्क निर्धारण मापदण्ड २०७२ कार्यान्वयन नगरेको पाइएकाले ती विद्यालयलाई तीन दिनभित्र कारबाही गर्न माग गर्दे शिक्षा मन्त्री पोखरेलको ध्यानकर्षण गराएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।
सरकारी स्तरबाट भएको अनुगमन समेत प्रभावकारी नभएको विद्यार्थी संगठको आरोप छ ।संयुक्त विद्यार्थी संगठनले मनोमानी शुल्क उठाउने नीजि विद्यालयलाई तीन दिनभित्र कारबाही गर्न माग गर्दे शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको ध्यानकर्षण गराएका छन् ।