कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा संसदीय कार्यसमिति सदस्यमा चार सांसद मनोनित

नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय कार्यसमिति सदस्यमा चार सांसद मनोनित गरेका छन्।
 
कांग्रेस संसदीय दलको विधानको दफा ११ को २ को (ङ) अनुसार दलका नेता देउवाले सांसदहरू ध्रुव वाग्ले, विष्णुमाया परियार, चम्पादेवी खड्का र मीनाक्षी झालाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन्।
 
पार्टी संसदीय दलको विधान अनुसार दलको नेताले संसदीय कार्यसमितिमा दलको उपनेता, मुख्य सचेतक, सचेतक, सचिव र कोषाध्यक्षका अतिरिक्त तीन जना महिलासहित नौ जना सदस्य मनोनित गर्नु पर्नेछ।
 
फागुनमा सम्पन्न पार्टीको १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित देउवा चैत २४ गते सम्पन्न संसदीय दलको नेता चयनको निर्वाचनमा पार्टी नेता रामचन्द्र पौडेललाई दुई तिहाई मतअन्तरले पराजित गर्दै निर्वाचित भएका थिए।
 
त्यसैगरी दलको विधान अनुसार संसदीय दल कार्यसमितिका लागि चैत २६ गते सम्पन्न निर्वाचनबाट २२ जना कार्यसमिति सदस्यको चयन भइसकेको छ। सेतोपाटीमा समाचार छ ।