२०७२ मा प्रस्ताव गरिएको प्राविधिक तथा व्यवसायिक शिक्षासम्बन्धी प्रावधानप्रति आपत्ति

प्राविधिक तथा व्यवसायिक शिक्षा क्षेत्रका सरोकारवालाहरुले शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ मा प्रस्ताव गरिएको प्राविधिक तथा व्यवसायिक शिक्षासम्बन्धी प्रावधानप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रस्तावित ऐनको मस्यौदामा प्राविधिक तथा व्यवसायिक शिक्षालाई साधारण शिक्षामा मिसाउने र तोकिएको विद्यालयमामात्रै उक्त शिक्षाको पठन-पाठन गराउने भन्ने प्रावधानमा आपत्ति जनाएका हुन् ।
यसरी आपत्ति जनाउनेहरुमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. गोविन्द पोखरेल र डा. दिनेशचन्द्र देवकोटा, योजना आयोगका पूर्वसदस्य डा. शिवकुमार राई, प्राविधिक शिक्षा परिषदका पूर्वसदस्य गोविन्द गजुरेल, सीटीइभिटीका पूर्वसदस्य सचिव डा. जयबहादुर चन्द र उच्चस्तरीय सूचना आयोगका पूर्वउपाध्यक्ष सरोज देवकोटा रहेका छन् ।
अहिले प्रस्ताव गरिएअनुसार ऐन संशोधन गरिए सीटीइभिटी र मन्त्रालयअन्तर्गत् उत्पादन हुने जनशक्तिबीच अन्योल बढ्ने, शिक्षाको गुणस्तरको दृष्टिकोणबाटसमेत असान्दर्भिक बन्ने, अन्तर्राष्ट्रिय मान्यतामा समस्या आउने जिकिर पनि उनीहरुले गरेका छन् ।
२०२८ सालपछि लागू गरिएको नयाँ शिक्षा प्रणाली लागू गर्नेक्रममै अनिवार्य व्यवसायिक शिक्षा कार्यक्रम असफल भइसकेकोसमेत उनीहरुले बताएका छन् । इमेजखबरमा समाचार छ ।