सार्क मुख्यसचिवस्तरीय चौथो सम्मेलन काठमाडौंमा हुने

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यसचिवस्तरीय चौथो सम्मेलन बिहीबार र शुक्रबार काठमाडौंमा हुने भएको छ । कान्तिपुरमा समाचार छ ।  
सार्कको संस्थापक सदस्य माल्दिभ्स र कान्छो सदस्य अफगानिस्तानको उपस्थिति नहुने निश्चित हुँदा पनि मुख्यसचिवस्तरीय बैठक तय भएको हो । सार्कमा सबैको सहभागिता बिना महत्त्वपूर्ण बैठक बस्ने र निर्णय लिने प्रावधान छैन । सम्मेलनमा नेपालको नेतृत्व मुख्यसचिव सोमलाल सुवेदीले गर्नेछन् ।
नेपाल सार्कको वर्तमान अध्यक्ष रहेकाले सुवेदीले बैठकको अध्यक्षता गर्नेछन् । मुख्य सचिव तथा मन्त्रिपरिषदका सचिवहरूको सहभागिता रहने सम्मेलनमा सदस्य मुलुकको कर्मचारीतन्त्रभित्रको उत्कृष्ट अभ्यास आदानप्रदान गरिनेछ । यसले हरेक मुलुकको कर्मचारीतन्त्र भित्रका राम्रा विषयहरू अनुसरण हुने विश्वास सदस्य राष्ट्रहरूको छ ।
 छ मुलुक सहभागी हुने भए पनि सम्मेलन गर्न मिल्ने भन्ने जानकारी सार्क सचिवालयले दिएकाले हामीले गर्न लागेका हौं, प्रधानमन्त्री कार्यालय सचिव चन्द्र घिमिरेले भने,  पाकिस्तानमा सम्मेलन हँुदैमा नेपालले गर्ने भन्ने जानकारी दिएको र लामो छलफल र पत्राचारबाट तिथि तय भएकाले यो सम्मेलन बिहीबार र शुक्रबार हुनेछ । सम्मेलनमा नेपालले