नुवाकोटको खड्गभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर-९ गैह्रीखोल्साको बालुवाखानीमा पुरिएर तीनजनाको मृत्यु भएको छ ।
विहीबार बिहान बा३ख ९७०९ नम्बरको मिनीट्रकमा बालुवा निकाल्नेक्रममा ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक विकास भन्ने गंगासिंह तामाङ, सहचालक प्रकाश भनिने बुद्ध तामाङ र कामदार शंकर राई रहेका छन् । एकजनाले भने भागेर ज्यान जोगाएका छन् ।
उक्त बालुवाखानी अनधिकृतरुपमा सन्चालन भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकाम विदुरबाट १५ किलोमिटर दक्षिणमा पर्दछ । इमेजखबरमा समाचार छ ।