संसदको सुनुवाई समितिद्वारा कार्यविधि तयार पार्न समिति गठन

नयाँ संविधान अनुसार गठित संसदको संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक आज बसेको छ ।
हिजोमात्र गठन गरिएको समितिको नयाँ कार्यविधि बनाउन सदस्यहरु आनन्द ढुंगाना, डा. गणेश गुरुङ र अनिता परियार रहेको समिति गठन गरेको छ ।
बैठकले आजै सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सभामुख ओनसरी घर्तीमगरसँग आग्रह गर्नेछ ।
बैठकको अध्यक्षता भने समितिका जेष्ठ सदस्यको हैसियतमा निवर्तमान सभापति कुलबहादुर गुरुङले गरेका थिए ।
समितिको बैठकमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले गुरुङलाई नै सभापति बनाउने प्रस्ताव गर्दा सबै सदस्यले सहमति जनाएका थिए । तर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अहिले नै औपचारिक घोषणा गरिएको छैन ।
सम्भवतः भोलि नै सभापतिको चयन गरेर संसदीय सुनुवाईका लागि आएका संवैधानिक नियुक्तिहरु सार्वजनिक सूचना जारी गर्दै सुनुवाईको प्रक्रियामा लगिने समितिका सदस्य कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।
संसदीय सुनुवाई समिति कति सदस्यीय बनाउने भन्ने विवादका कारण लामो समयसम्म बन्न नसकेको संसदीय कार्य संचालन नियमावली समितिमा सहमति भएसँगै हिजो संसदबाट पारित गरिएको थियो । इमेजखबरमा समाचार छ ।