पूर्वमा मौसम सक्रिय भएपछि झापाका २२ गाविस बाढीको उच्च जोखिममा परेका छन्। हिम श्रृङ्गखला भई बग्ने ठूला नदी र खहरे खोलामा आउने बाढीका कारण जिल्लाको ६ वटा नगरपालिकासहित २२ वटा गाविस उच्च जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।
जिल्लामा ८ वटा ठूला नदी छन्। मावा, रतुवा, कन्काई, बिरिङ, निन्दा लगायत नदीले ३३ गाविसमध्ये २२ गाविसका अधिकांश गाउँलाई डुबानमा पार्ने गरेको छ। २२ वटा साना खहरे खोलामा आउने बाढीले पनि ठूला नदीकै तुलनामा क्षति पुर्याउने गरेको नेपाल रेडक्रसका सभापति सभापति लोकराज ढकालले बताए।
ढकालका अनुसार पाँचगाछी, माहाभारा, घेराबारी, राजगढ, शरणामती, कुमरखोद, डाँगीबारी, खुदुनाबारी लगायतका २२ गाविस डुबान तथा कटानको जोखिममा छन्।
यस्तै, मावाले दमक, कन्काईले शिवसताक्षी, बिरिङले कन्काई र शनिअर्जुन अनि मेची नदीले मेचीनगर र भद्रपुर नगरपालिकाका हजारौं स्थानीयको खेतीयोग्य जमिन कटान गर्ने गरेको छ। नदीमा आउने बाढीले अघिल्ला वर्ष पनि हजारौं हेक्टर जमिन बगरमा परिणत हुने गरेको थियो।
यसैबिच, कन्काई नदीमा शुक्रबार दिउँसो आएको बाढीले शिवसताक्षी नगरपालिका