मुलुकमा लोकतन्त्रमाथि खतराको संकेत देखिन थालेको भन्दै सरोकारवालाहरुद्वारा चिन्ता व्यक्त

मुलुकमा लोकतन्त्रमाथि खतराको संकेत देखिन थालेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रजातान्त्रिक विचार समाजको महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रममा वक्ताहरुले लोकतन्त्रमाथि कालो बादल मडारिन थालेको दलील पेश गरेका हुन् ।
यसप्रति राजनीतिक नेतृत्व समयमै सजग बन्नुपर्ने उनीहरुको भनाइ छ ।
संविधानसभाबाट बनेको संविधान सर्वस्वीकार्य हुन नसक्नु, संविधानप्रति असन्तुष्टि बढ्नु र त्यसको व्यवस्थापनमा दलहरुले चासो नदिनु जस्ता कारणले लोकतन्त्रमा खतरा बढेको विश्लेषण उनीहरुले गरेका हुन् । सबै असन्तुष्टिलाई सम्बोधन गर्दै प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेमा बुद्धिजीवीहरुले जोड दिएका हुन् ।
दशौं महाधिवेशनले डा. केदारनरसिंह केसीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।  इमेजखबरमा समाचार छ ।