सिंचाई मन्त्रीद्वारा सप्तरीका विभिन्न बाढीग्रस्त क्षेत्रको निरीक्षण, राहत दिने र नदी नियन्त्रणको काम सुरु गरिने

 सिंचाई मन्त्री उमेशकुमार यादवले सप्तरीका विभिन्न बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।
मन्त्री यादवले आइतबार सप्तरीकोे सकरपुरा, रम्पुरा मलहनीयाँ, तिलाठीलगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।
त्यसक्रममा उनले खाडो नदीको बाढीबाट पीडित भएकाहरुलाई सरकारले राहत दिने र नदी नियन्त्रणको काम सुरु गरिने बताए । एक सातादेखिको अविरल वर्षाले खाडो नदीको बाढी पसेर सकरपुराका वडा नम्वर ६ र ७ का १२५ घर डुबानमा परेका छन् ।
बाढीले ५ विगाह जग्गा र तिलाठी-हनुमाननगर सडक खण्डको दुई किलोमिटर जमिन कटान गरी क्षति पु-याएको छ । राजबिराज-कुनौली सडक खण्डको तिलाठिमा निर्मित डाईभर्सनसमेत बगाएपछि त्यस क्षेत्रमा अवागमन बन्द भएको छ । इमेजखबरमा समाचार छ ।