पक्राउ गरेका डाक्टरहरुले दिएको बन्दिप्रत्येक्षीकरण को रिट खारेज

सर्वोच्च अदालतले नक्कली प्रमाणपत्र भएको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले  पक्राउ गरेका डाक्टरहरुले दिएको बन्दिप्रत्येक्षीकरण को रिट खारेज गरेको छ।
 
यसअघि सर्वोच्चले उनीहरुलाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
 
आफुलाई सुचना नदिइ विना पुर्जी पक्राउ गरेको भन्दै निमेश पालरमण,पन्नालाल प्रसाद पटेल,विनिता मण्डल,पुनम कर्ण,इर्शादुल हक,श्रीराम घिमिरे,रामकुमार प्रधान,सन्तोष कुमार झा र महमद रुहुल्लाह ले परिवारका सदस्य मार्फत  सर्वोच्च अदालतमा रिट दिएका थिए। 
 
कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले दशैजनाको रिट खारेज हुने फैसला गरेको हो। रिट खारेजपछि उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न पाउने भएको छ।
 
 
सिआईवीले ‘क्वाक अप्रेसन’ चलाएर देशभरबाट ३६ जना नक्कली डाक्टर पक्राउ गरेको थियो।आइतबारै सिआइबीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालत काठमाडौँ लगेको थियो। अदालतले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। प्रहरीले अनुमति लिनु अघि नै डाक्टरका आफन्तले सर्वोच्चमा रिट दिएका थिए। सेतोपाटीमा समाचार छ ।