काबुल काण्डमा मृत्यु भएका १३ नेपालीका हकमा साबेर इन्टरनेसनल सेक्युरिटीमार्फत बिमा रकमस्वरुप तत्काल ३० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । तर, घाइतेका हकमा भने क्षतिपूर्ति रकमको टुङ्गो भैसकेको छैन् । कान्तिपुरमा समाचार छ ।
यसैगरी, सुरक्षा लिने जिम्मेवार निकाय क्यानेडियन दुतावासले भने मृतक नेपाली कामदारको हकमा के कति क्षतिपूर्ति दिने हो, यसबारे निर्क्योल भएको छैन । काबुलमा स्थलगत अध्ययन एवं उद्धार/समन्वयका लागि इश्लामाबादबाट गएका कार्यबाहक राजदूत तिर्थराज अर्यालले काबुलमा क्यानेडियन दुतावासका बरिष्ठ कुटनीतिक अधिकारीलाई भेटेर नेपाली कामदारको पक्षमा सेवासुरक्षाको प्रत्याभूति दिलाउन र उचित क्षतिपूर्ति प्रबन्ध गर्न दबाब दिएका थिए । अहिले मृतकलाई दिइने बिमावापतको ३० लाख रुपैयाँ क्षतिपूर्ति रकम अहिलेसम्मकै सबैभन्दा थोरै हो । अफगानिस्तानमै अरु कम्पनीका हकमा दुर्घटनाका कारण मृत्यु भएमा कामदारले ६० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाएका छन् ।
‘हाम्रो कुटनीतिक नियोगमा विधिअनुसार अनुमति र स्वीकृति नलिइ सञ्चालनमा रहेका सुरक्षा कम्पनीलाई पनि प्रकृयामा आउन ध्यानाकर्षण गराइएको छ,’ एक अधिकारीले भने, ‘हार्ट, सेबर, सिल्ड जस्ता सेक्युरिटी कम्पनीहरु अझै पनि दर्ता र स्वीकृतिमा आएका छैनन्, यसबारे पनि सम्बद्ध कम्पनीलाई ध्यानाकर्षण गरिएको छ ।’ काबुल मिसन पुरा गरेर मंगलबारै इश्लामाबाद पुगेका कार्यबाहक राजदूत अर्यालले भने