विश्वका संवेदिनशील (फ्रेजाइल) देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ।
अमेरिकी संस्था फण्ड फर पिसले सार्वजनिक गरेको सूचीमा अफ्रिकी देश सोमालिया पहिलो स्थानमा रहेको छ भने दक्षिण सुडान र मध्य अफ्रिका दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
सो संस्थाले जोखिमका सूचक र प्रतिवेदन अध्ययन गरेर सूची तयार पारेको बताएको छ। फण्ड फर पिसको गत वर्ष संवदेनशील देशको सूचीमा नेपाल ३६औं स्थानमा थियो।
सूचीअनुसार दक्षिण एसिया सबैभन्दा संवेदनशील देश अफगानिस्तान ९औं नम्बर छ भने पाकिस्तान १३ औं स्थानमा रहेको छ। सेतोपाटीमा समाचार छ ।