अविरल वर्षाका कारण पर्वतको मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा-बेनी सडक अवरुद्ध

अविरल वर्षाका कारण पर्वतको मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा-बेनी सडक अवरुद्ध बनेको छ ।
सडकखन्डमा पर्ने पर्वतको नाङलीवाङ गाविस-२ खनियाघाटस्थित ज्यामिरे खोलामा आएको बाढीका कारण सडक शुक्रबार दिउँसोदेखि अवरुद्ध बनेको हो ।
खोलाले ठूलोमात्रामा माटो र ढुंगा सडकमा थुपारेका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारी-साधान र अरु क्षेत्रबाट ती जिल्लामा भित्रिने सवारी-साधानहरु बीचमै रोकिएका छन् । इमेजखबरमा समाचार छ ।