नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले मधेसवादी दलहरुलाईसमेत सहमतिमा ल्याएर संविधानको कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा जोड दिएको हो ।
बैठकले सहमतीय सरकार गठनका लागि पहल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
बैठकले नेकपा एमालेसँग भएको शान्तिप्रक्रियासम्बन्धी ९ बुँदे र सरकार परिवर्तनसम्बन्धी भएको भनिएको भद्र सहमति कार्यान्वयनका लागि कुरा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सहमति कार्यान्वयनका लागि एमालेले इमान्दारिता नदेखाएको आरोप पनि लगाएको छ ।
माओवादी केन्द्रले महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति १ सय ५१ सदस्यीय, प्रदेश समिति ९९ सदस्यीय र जिल्ला समिति ७५ सदस्यीय बनाउन प्रस्ताव गरेको छ । इमेजखबरमा समाचार छ ।