गैर आवासीय नेपाली संघ मातहातमा रहेको अलकासिम क्षेत्रिय अधिवेसन सम्पन्न

(साउदी अरब ) अर्घाखाँचीडट्कम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय
परिषद साउदी अरब मातहातमा रहेको आरसिसि अलकासिम क्षेत्रिय समितिको दोस्रो अधिवेसन
अलकासिम स्थित बुराईदामा भव्यताको साथ सम्पन्न भएको छ । अधिवेसनमा जेध्दा
, अलखोवर, दम्माम लगायतका बिभिन्न स्थानबाट
प्रतिनिधित्व गर्ने एनआरएनए हरूको बाक्लो उपस्थित रहेको थियो । नेपाली राजदुतवास
रियादका का. बा. राजदुत आनन्द प्रसाद शर्मा परिवार
, तृतिय सचिव
सुर्य प्रसाद अर्याल
, दुतावासका कर्मचारी मान बहादुर श्रेष्ठ
समेतको उपस्थितिले कार्यक्रममा रौनकता थपिएको थियो ।
बाबुराम सुनारद्वारा संचालित कार्यक्रमको पहिलो खण्डमा अलकासिम क्षेत्रिय
अध्यक्ष दल बहादुर पुलामीले सभापतित्व गर्नुभएको थियो ।

गैर आवासीय नेपाली संघ
,
साउदी अरबका

महासचिब तेज थापाले दिएको जानकारी अनुसार  नेपाली राजदूतवासका का. बा. तथा प्रमुख अतिथि
राजदुत आनन्द प्रसाद सर्मा र एनआरएनए आइसीसी
FEMWWC संयोजक तथा
बिशेष अथिति धरम के. सी.ले संयुक्तरूपमा दिप प्रज्जलन गरि कार्यक्रम उद्घाटन
गर्नु
भएको थियो ।


 राष्ट्रिय गानको सुमधुर धुनले गुन्जयमान बनेको
कार्यक्रम हलमा निबर्तमान अलकासिम क्षेत्रिय उपाध्यक्ष मनिस कोइरालले शुभकामना
मन्तव्य दिनुभएको थियो । त्यसै गरी निबर्तमान अलकासिम क्षेत्रिय कोषाध्यक्ष
बाबुराम सुनारद्वारा आर्थिक प्रदिबेदन प्रस्तुत गरिएको थियो भने कार्यबाहक
क्षेत्रिय अध्यक्ष दल बहादुर पुलामीले कार्यप्रगति बिरण प्रस्तुत गर्नु भएको थियो
कार्यक्रममा भुतपूर्व अलकासिम क्षेत्रिय अध्यक्ष बिष्णु न्यौपाने, एनसिसि सचिव बिशाल कुमार श्रेष्ठ, एनसिसि महासचिव
तेज बहादुर थापा
, एनसिसि अध्यक्ष नाराण पासवान, आइसिसी सदस्य रमेश भन्डारी, नेपाली राजदुतावासका तृतिय सचिव सुर्य
प्रसाद अर्याल लगाएतका बक्ताहरूले मनतव्य राख्नु भएको थियो । बिभिन्न आरोह अवरोह
बिच स्थापनाकालको छोटो अबधिमै अलकासिम क्षेत्रिय समितिले श्रममैत्रीबनि शेवामूलक
कार्यमा उल्लेख्य कार्य गरेको भन्दै एनआरएनए आइसिसि बैदेशिक रोजगार तथा आप्रवासि
कल्याणकारी समिति संयोजक धरम के. सी. ले प्रसंसा गर्नु भएको थियो ।

images

साथै संस्थाको राष्ट्रिय तथा
अन्तराष्ट्रिय स्तरमा भै रहेका गतिबिधिहरूको अवगत गराउनु भएको थियो । मनतव्य कै
क्रममा नेपाली राजदुतावास रियाद साउदी अरबका का. बा. राजदूत आनन्द प्रसाद सर्माले
मातृभूमीको सम्झना नामक शिर्षमा कबिता बाचन गर्नु भएको
थियो । कबिताको केही हरफ…
बिध्या धन सिप मन नेपालीको लागी सांच, धेरै आशा गरेको छ नेपालले तिमिबाट । दश दिशा जता जाउं यो मन त्यो खुशी हुन्न, आफ्नो घर देश भन्दा प्यारो राम्रो केहि हुन्न ।। उहाँको
भावपुर्ण कबिता बाचनसँगै कार्यक्रम बन्द सत्रमा प्रवेश गरेको थियो ।

images

आइसिसि सदस्य रमेश भन्डारी, एनसिसि महासचिव तेज थापा, एनसिसि सचिव बिशाल श्रेष्ठ तथा एनसिसि
सदस्य भक्त राइको एक टोलीले बन्दसत्र कार्यक्रममा लामो छलफल गरी अल कासिम
क्षेत्रिय समितको दुइ बर्षे कार्यकालका लागी
१३ सदस्यिय नयाँ कार्यसमितिको सुचि तयार पारेको थियो । दोस्रो चरणको कार्यक्रको सुरूवातसँगै आइसिसि सदस्य रमेश भन्डारीले चार सदस्यिय
समितिले तयार पारेको अन्तिम सुचिको घोषणा गर्नु भएको थियो ।

घोषित सुचिलाइ हलबाट सर्ब सहमत तालिको
गड-गडाहटमा पारित गरेको
थियो । एनआरएनए आरसिसि अल कासिम क्षेत्रिय समिति नवनिर्वाचित पदाधिकारीहरूको सुचीः १. दल बहादुर पुलामी, क्षेत्रिय अध्यक्ष २. मनिष कोइराला, क्षेत्रिय उपाध्यक्ष ३. रमजानदिन मियाँ, क्षेत्रिय सचिव ४. डम्मर थापा, क्षेत्रिय सह सचिव ५. बाबुराम सुनार, क्षेत्रिय कोषाध्यक्ष ६. रोहित घिमिरे, क्षेत्रिय सह कोषाध्यक्ष ७. राज कुमार श्रेष्ठ, क्षेत्रिय युवा संयोजक ८. राजा शाही, क्षेत्रिय सदस्य ९. योगेन्द्र श्रेष्ठ, क्षेत्रिय सदस्य १०. गिरधारी खनाल, क्षेत्रिय सदस्य ११. सबिन घिमिरे, क्षेत्रिय सदस्य १२. थमन गुरूङ, क्षेत्रिय सदस्य १३. पछि थप गरिने सपथ ग्रहण कार्यक्रम अन्तर्गत नव निर्वाचित अलकासिम क्षेत्रिय अध्यक्ष दल
बहादुर पुलामी लाइ एनसिसि अध्यक्ष नारायण पासवानद्वारा सपथ ग्रहण गराइएको थियो भने
बाकी नवनियुक्त कार्य समितिका पदाधिकारीहरूलाइ क्षेत्रिय अध्यक्षले सपथ खुवाउनु
भएको थियो ।

images

त्यसै गरि नव निर्वाचित अलकासिम
क्षेत्रिय अध्यक्षद्वारा अधिबबेशन पुर्व अलकासिममा रहेको दसस्यता संख्या आकडालाइ
निरन्तरता दिदै अझ बढि उचाइमा पुराउने
, एनआरएनए
प्रचार-प्रसार अभियालाइ तिब्रता दिने
, श्रममैत्रि र
शेवामूलक कार्यबाट संस्था लोकप्रियतामा नयाँ आयाम थप्ने लगायतका भावि कार्ययोजना
प्रस्तुत गर्नु भएको थिय&#2