अविरल वर्षासँगै आएको बाढीपहिरोले ९ परिवारका ३० बढी सदस्य विस्थापित भएका छन् । मालिकार्जुन, सर्मोली, भगवती र उकु गाविसको बाकुमा ९ परिवार विस्थापित भएका हुन् ।
डीएसपी सुशीलसिंह राठौरले जिल्लाका अन्य ठाउँमा पनि बाढीपहिरो गएकाले विस्थापित संख्या बढ्न सक्ने बताए । प्रभावित ठाउँमा प्रहरी परिचालन गरिएको छ । सबै ठाउँको तथ्यांक आउन बाँकी रहेको उनले जनाए ।
पहिरोबाट विस्थापित परिवारको उद्धारका लागि सुरक्षाकर्मी खटिएको निमित्त प्रजिअ विश्वामित्र कुइँकेलले बताए । जोखिमपूर्ण बस्तीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
यस्तै शनिबार अपी १७ काकडाका विस्थापितलाई राहत सामग्री वितरण गरिएको छ । सर्मोली र मालिकार्जुनमा दार्चुला उद्योग वाणिज्यको समन्वयमा राहत वितरण गरिनेछ । बाढीले अवरुद्ध गोकुलेश्वर