सरकार परिवर्तन भए संसद बिघटन र निर्वाचन हुन्छः बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले तत्काल सरकार परिवर्तन सम्भव नभएको बताएका छन्। 
र रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम उनले भने, वर्तमान प्रधानमन्त्रीसँग गोली भरिएको बन्दुक छ र यही सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन गरि निर्वाचनमा जान सकिन्छ। सेतोपाटीमा समाचार छ । 
वर्तमान सरकारले स्थानीय निकायको निर्वाचनसम्म आफ्नो उपस्थिति जनाउने भन्दै उनले यो सरकार न्यूनतमा एक वर्षसम्म रहने दाबी गरे।
नेपालमा रहेका ठूला राजनीतिक दलहरुमा १० प्रतिशत र २२ हजार कर्मचारी भारतको एजेण्डा भएको भन्दै बिजुक्छेंले भारतले नेपालमा आफ्नो पहुँचकै आधारमा परिवर्तनको खेल खेल्ने गरेको बताए।
बिजुक्छेंले भारतले संबिधान प्रति देखाएको समर्थन सरकार परिवर्तन गरि आफ्नो पहुँच बढाउन लागेका भन्दै भारतसँग मिलिरहेका बिदेशीहरुले समेत नेपालमा सरकार परिवर्तनको खेल सुरु गरेको बताए।
उनले भारतीय राजदूत रञ्जीत रेले नेपालमा राजदूतको भन्दा पनि गुप्तचरको काम गरेको आरोप लगाए।
विजुक्छेले भने, रञ्जित रेले राजदूतको भन्दा पनि गुपतचरको काम बढी गरेका छन् उनलाई नेपाल सरकारले तत्काल भारत फिर्ता पठाउनु पर्छ।
उनले नक्कली डाक्टर उत्पादन गर्नेको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई माग गरे।
उनले नेपालमा आर्थिक चलखेल गरि निजी क्षेत्रका मेडिकल कलेजमा भारतका पूँजिपतिका छोरा छोरीका लागि डाक्टर उत्पादन गर्ने काम जसरी भइरहेको छ यसले नेपालका लागि काम नलाग्ने डाक्टर उत्पादन भइरहेको दाबी गरे।
पैसाको चलखेलकै कारण नक्कली डाक्टर उत्पादन भएको र यसमा सरकारमा सामेल तथा अन्य ठूला राजनीतिक दलका ब्यक्तिहरुको समेत संलग्नता रहेको छ, उनले भने, यसबारे बेलैमा पहिचान गरि कारबाही गर्न नसके नेपालकै लागि घातक सावित हुनेछ।
पुनर्निर्माणको काममा लाग्ने रकम बिदेशीहरुको सहयोगमा निर्भर रहेको भन्दै उनले पुनर्निमार्णमा लाग्ने साधन भारतबाटै आयात गर्नुपर्ने देखिएकोले सरकार परिवर्तन गर्न भारत आतुर रहेको दाबी गरे।
सरकारले भूकम्प पिडितलाई पुनर्निर्माणका लागि उपलब्ध गराउने भनेको एक लाख पचास हजार रकम जग समेत हाल्न नपुग्ने भन्दै उनले अभावमा परेका नेपालीले खानामै खर्च गर्ने बताए।
चीनमा प्रधानमन्त्री भ्रमणपछि भारत ससंकित भएको र आफ्नो एकाधिकार पूँजिको बर्चस्व तोडिन लागेको संकेत पाएकाले समेत नेपाली राजनीतिमा आफ्नो सक्रियता बढाउन पछिल्लो समय भारत परिवर्तन भएको उनको भनाइ छ । सेतोपाटीमा समाचार छ ।