बाढीले विस्थापित गराएका तातोपानीका ५८ पीडितको उद्धार

 ४ दिन अघि आएको बाढीले विस्थापित गराएका तातोपानीका ५८ पीडितको उद्धार गरिएको छ । तातोपानीस्थित चौकीडाँडाबाट शुक्रबार हेलिकोप्टरमार्फत पीडितलाई बाह्रविसे ल्याइएको हो।
 
प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडीकाअनुसार जोखिममा रहेका पीडितलाई हेलिकोप्टरमार्फत बाह्रविसे ल्याई सुरक्षित स्थानमा राखिएको छ । ‘उद्धार गरिएकामध्ये बाह्रविसेबाट बसमार्फत ४४ जनालाई काठमाण्डौं पठाइएको छ,’ उनले भने, ‘विमारी रहेका १ जनालाई हेलिकोप्टरमै काठमाण्डौं लगिएको छ ।’ उनका अनुसार १३ जनालाई बाह्रविसेमै बासको व्यवस्था गरिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले पीडितलाई बाह्रविसेसम्म ल्याएको हो । 
 
बाढीले सडक कटान गर्ने क्रम अझै नरोकिएपछि पीडितहरुमा त्रास घटेको छैन । हिजो तातोपानी क्षेत्रका ६ घर बगाएको थियो भने आज थप १ घर बगाएको छ । सेतोपाटीमा समाचार छ ।