भजनी-त्रिशक्ति नगरपालिकाले खरिद स्वीकृती दिएको भ्याकुलोडर खरिद प्रक्रिायबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छानविन शुरु गरेको छ।
बिहिबारका पत्रपत्रिका र एफएम रेडियो तथा स्थानिय टेलिभिजनमा समाचार प्रकाशन तथा प्रशारण भएपछि सोही विषयलाई आधार बनाएर आयोगले मुद्दा दर्ता गरेर छानविन शुरु गरेको अख्तियार दुरुपयोग आयोग सुदूरपश्चिमाञ्चल अयोगका प्रवक्ता विष्णुसिंह विष्टले जानकारी दिए।
टेण्डर प्रकृयामा नगरपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्ट सहित अन्य कर्मचारीहरुको मिलेमतोमा करिब ७ लाख २३ हजार आर्थिक अनियमितता गर्न खोजेको देखिन्छ। नगरपालिकाले मागेका मापदण्ड अनुसारको कम दररेटमा भ्याकु लोडरको टेण्डर परेपनि कर्मचारीहरुको मिलेमतोमा बढी टेण्डर हालेको कम्पनीलाई स्वीकृत दिएको छ। यान्त्रिक मापदण्ड अनुसार पुगेको बुटवलको जि.एस. ट्रेक्टर्स एण्ड सप्लायर्सले ३४ लाख ३७ हजार ७ सय ७७ रुपैयामा टेण्डर हालेको थियो तर ४१ लाख ३१ हजार रुपैया टेण्डर हालेको काठमाडौंको आईएमई अटोमोटिभ्स प्रा.लि.को नाममा टेण्डर स्वीकृति गरिएको छ।
उक्त टेण्डर प्रक्रियामा ललितपुरको फोर्स कन्स्ट्रक्सन एलसीसीले ३६ लाख ५ हजार रुपैया हालेको थियो ।
नियमानुसार बुटवलको जि.एस ट्रेक्टर्स एण्ड सप्लायर्सको नाममा टेण्डर स्वीकृत गर्र्नुपर्ने थियो तर कर्मचारीको मिलेमतोमा बढी रकमको टेण्डरलाई स्वीकृति दिएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत भट्टले टेण्डर प्रक्रियाका बारेमा अफवाह फैलाएर जनतालाई झुक्याउन खोजेका छन् । यसको बारेमा बुझ्न नगरपालिका कार्यालय पुगेका स्थानीय बासिन्दाहरलाई प्राविधिक भाषा बुझ्न कठिन हुने भन्दै गोलमोटल जवाफ दिएर फर्काएका थिए । यान्त्रिक भाषा नबुझेर मिडियाहरुले समाचार सार्वजनिक गरेको भन्दै आफ्नो बचावट गर्न खोजिएको छ । नगरपालिकाले ९० हर्षपावरको भ्याकु लोडरको माग गरेको बताएको छ । हामीले ९६ हर्षपावरको भ्याकु लोडर ३४लाख ३७ हजार ७ सय ७७ रुपैंयामा दिन तयार रहेको जि.एस. ट्रेक्टर्स एण्ड सप्लायर्सल बुटवलका बालकृष्ण भुसालले बताए । यही प्रकृतिका भ्याकु लोडरहरु दर्जन नगरपालिकामा उपलब्ध गराएको तर भजनीमा बाहाना खोजेको उनको भनाई छ । जनताले तिरेको करमा नगरपालिका कर्मचारीहरुको मिलेमतोमा भ्रष्टाचार गर्न लागेको आरोप लाग्न थालेको छ । राजनीतिक दबावका कारण तपाईको टेण्डर स्वीकृत गर्न सकेनौं भन्दै कार्यकारी अधिकृतले फोन गरेको भुसालले बताए ।
नगरपालिकाले भ्याकुलोडर खरिदका लागि भन्दै जेठ २० गते टेण्डर आह्वान गरेको थियो । असार २१ गते खोलेको टेण्डरमा कम रकममा भ्याकुलोडर दिने कम्पनीको टेण्डर स्वीकृत गर्नुको साटो बढी बढी मूल्यको टेण्डरलाई स्वीकृत गरिएको छ। भ्याकु लोडर खरिदका लागि भन्दै नगरपालिकाले ४१ लख ६० हजार रकम विनियोजन गरेको थियो ।
खरिद समितिको संयोजकमा कार्यकारी अधिकृत धर्मानन्द भट्ट, आमन्त्रित सदस्यमा मेकानिकल ईन्जिनियर खेमराज चटौत, लेखा अधिकृत शुनिल ठाकुर र नायब सुब्बा विष्णु न्यौपाने रहेका छन् ।
केहिदिन अधि स्वास्थ्य स्वंयम सेविकाहरुका लागि खरिद गरिएको ६८ थान दराजमा समेत अनियमितता गरेको भन्दै स्वास्थ्य स्वंयम सेविकाहरुले उक्त दराज बुुझ्न मानेका छैनन् । २ हजार ५ सय रुपैया पर्ने दराजलाई ४ हजार ७ सय रुपैयाको रसिदमा हस्ताक्षर गर्न लगायपछि दराज नबुुझेको स्वास्थ्य स्वयंम सेविका संयोजक शान्ति लामाले बताईन् ।
अहिले सो दराज कार्यालयको कोठामा र केहि दराज भजनी स्वास्थ्य केन्द्रको परिसरमा वेवारिसे अवस्थामा रहेका छ । घाम र पानीले गर्दा केहि दराज काम नै नलाग्ने अवस्थामा पुुगेको संयोजक लामाले बताईन् । सेतोपाटीमा समाचार छ ।