इ-रिक्साका चालकहरुले बुटवलमा प्रदर्शन

रुपन्देहीमा सन्चालन हुँदै आएका इ-रिक्साहरुको व्यवस्थापन गर्न माग गर्दै इ-रिक्साका चालकहरुले सोमबार बुटवलमा प्रदर्शन गरेका छन् ।
उनीहरुले यातायात व्यवस्था कार्यालय र पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालयमा धर्नासमेत दिएका थिए ।
चालक अनुमतिपत्रको परीक्षा लिनुपर्ने, लुम्बिनी यातायात व्यवस्था कार्यालयबाटै जाँचपास तथा राजश्व लिनुपर्ने, रुट निर्धारण गर्नुपर्ने, संख्या निधारण गरिनुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।
१० हजार रुपैयाँ लिएर लाइसेन्स शाखाका कर्मचारीहरुले अवैधरुपमा लाइसेन्स वितरण गरिरहेको आरोपसमेत चालकहरुले लगाएका छन् ।
रुपन्देहीमा एक हजारभन्दा बढी इ-रिक्सा सन्चालनमा रहेका छन् ।  इमेजखबरमा समाचार छ ।