नेकपा (माओवादी केन्द्र)ले केपी शर्मा ओली नेतृत्व सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल सुरु नभएसम्म अर्थसम्बन्धी विधेयकहरू पास गर्ने नगर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले अल्पमतमा परेको ओली सरकारका विरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलको प्रक्रिया पुरा भएपछि मात्र अर्थसम्बन्धी विधयेक पास गर्ने निर्णय गरेको केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। सेतोपाटीमा समाचार छ ।