चिकित्सा क्षेत्रमा सुधारको लागी १२ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनाएको समितिले बिहिवारदेखि काम सुरू गरेको छ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा सरकारले गत बुघवार वार्ता समिति गठन गरेको हो ।
डा. उप्रेतीका अनुसार अहिले समितिका सदस्यहरूबीच बैठक सुरू भएको छ।
यो बैठकले डा. केसीसँग वार्ताकालागि औपचारिक रुपमा प्रतिनिधि माग गर्ने छ । यस्तै बैठकले वार्ताको ‘मोड़ालिटी’ समेत तय गर्ने छ ।
‘हामीले समय खेर नफाली वार्ता प्रकृया अघि बढाई सकेका छौं,’ डा उप्रेतीले भने ।
चिकित्सा शिक्षामा विभिन्न सुधारको माग गर्दै डा. केसी आठौंपटक अनसनमा बसेका हुन् । उनीसँग वार्ता गर्नका लागि हिजो बसेको मन्त्रीपरिषद् बैठकले तीन सदस्यीय समितिको गठन गरेको थियो । कान्तिपुरमा समाचार छ ।