वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरणका लागि सरकारले भक्तपुरको
दुवाकोटमा ७ सय रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको
शुक्रबारको वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति
दिएको हो। वीर अस्पताल अहिले महाबौद्धमा छ।
अहिलेको स्थान साँघुरो र नयाँ संरचना
निर्माण गर्न सकिने अवस्था नभएको भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४
मा पर्ने दुवाकोटमा सार्न लागिएको हो।
सरकारले बजेट भाषणमा पनि वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने
घोषणा गरेको थियो । सेतोपाटिमा खबर छ ।



