कृष्ण खनाल
बुटवल, ७ साउन । गएरातीबाट निरन्तर परेको अविरल बर्षा संगै रुपन्देहीको रोहणी नदीमा आएको बाढिले रुपन्देहीको सिक्टहन-६ छतीगुन्डी मा रहेको सामुहिक बहुउदेश्यिक कृषि उपज थोपज विक्रि केन्द्र कृषिफर्म बगाएको छ ।
स्थानिय विद्यालयको जग्गा भाडामा लिएर वि.स.२०७१ सालमा १५ जना किसानहरुले सुरु गरेको कृषि फर्म २३ विघा १९ कठ्ठा रहेको छ । बाढिको कारण करिव २ करोड बराबरको क्षती पुगेको कृषि फर्मका अध्यक्ष प्रकाश खनालले जानकारी दिए ।
फर्ममा अहिले कुखुरा, माछा, अर्गानिक तरकारी, मौरी र बाख्र्रा, गाई पालिएको थियो । बढिको कारण ठुला विक्रि गर्न मिल्ने २-३ किलोका ५ हजार कुखुरा, चल्ला ३ हजार, ६० वटा मौरीका घार, १४ वटा बाख्रा बढिले बगाएको पिडीत किसान समुहका अध्यक्ष खनालले जानकारी दिए । पहिलो चरणमा विमा गरेको भएपनि विमाको म्याद सकिएको र दोस्रो चरणको विामागर्ने प्रक्रियामा रहेको बेला पु-याएको क्षतीको कारण आफुहरु मर्कामा परेको खनालले जानकारी दिए ।