लगातारको बर्षापछि यहाँको नारायणी नदिमा पानीको चाप बढेको छ । नदिमा पानीको सतह बढे पछि शुक्रबार स्थानिय प्रशासनले बाढीको जोखीम हुने भन्दै सचेत गराएको छ । प्रशासनले शुक्रवार नदि असपासका बस्तिहरुमा नजिकका प्रहरी मार्फत सचेत गराएको हो ।
दुई दिन देखीको बर्षाले नदिमा बाढी आए पछि प्रशासनले सचेत गराएको हो । हामिले नजिकका प्रहरी चौकीलाई हाईएलट बस्न निर्देशन दिएका छा’ै प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिहले भने, सम्भावित खतरालाई मध्यनजर गर्दै तयारी हालतमा रहन भनेका छौ ।
बर्षाले जिल्लामा क्षति नपुगे पनि नारायणिमा बढेको भेलले पश्चिम चितवनमा क्षति पुग्ने सम्भावना रहेको सिहले बताए । यहाँको गुञ्जनगर, दिब्यनगर, मेघौली बाढी प्रभावित क्षेत्र हुन् । यो ठाउँ बर्षेनी बाढीको जोखीम हुने गरेको छ । त्यहाका स्थानियलाई समेत प्रशासनले सतर्क गराएको छ । नारायणीमा पानीको सतह निकै माथि अाएको छ । लगातारको बर्षाले नरायणगढ मुग्लिन सडकमा समान्य पहिरो झरेको छ । यसले आवागमनालाई प्रभाव पारेको छैन् । पहिरोले दिनहु सबारी जाम हुने गरेको थियो । कान्तिपुरमा समाचार छ ।