अविरल वर्षापछिको वाढीले झापाका पाँच सय बढी घर डुवेको प्रारम्भिक अनुमान

अविरल वर्षापछिको वाढीले झापाका पाँच सय बढी घर डुवेको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार करिव ५ हजार जना बाढीबाट प्रभावित वनेका छन् । मेचीनगरका विभिन्न वडा, विर्तामोड, दुवागढी, भद्रपुर, सुरुंगा, दमकसहित दक्षिण झापाका अधिकांश गाविस वाढीले प्रभावित भएका छन् ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार जिल्लाभर पाँच हजार वढी घर डुवेका छन् । सबभन्दा बढी दक्षिण झापाका गाविसका सर्वसाधारण प्रभावित भएका छन् । 
अविरल वर्षापछि मेची, पालिया, निन्दा, हडिया, देउनिया, अन्दुवा, कन्काई, विरिङ, टाङटिङ, कमल, रतुवालगायतका दर्जनौ नदी नालाहरुमा बाढी आएको छ । अन्दुवा नदीको बाढीले विर्तामोड डुबाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विहान अन्दुवा खोलाको सतह वढेर राजमार्गमै आएको थियो । प्रहरीका अनुसार अन्धुवाको बाढी पस्दा बिर्तामोड नगरपालिका क्षेत्रका करिव २ सय घर डुबाएको छ । 
रतुवा खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा लखनपुर २ र गौरादहका डेढ सय घर डुबेको प्रहरीले जनाएको छ ।
उता, दक्षिण झापाको कुमरखोद ३ र ४ मा कन्काईको वाढी वस्दा मिलन वस्ती डुवेको छ । करिव आधा दर्जन घर विस्थापित भइ स्थानीय मदरसामा आश्रय दिएर राखिएको जिल्ला रेडक्रस झापाले जनाएको छ । भद्रपुर ५ को नयाँ वस्तीमा पनि सवा सय घर डुवेका छन् । 
 
अन्दुवा खोलाको वाढीले विर्तावजारवाट चारपाने जोड्ने कालोपत्रे बगाएको छ । भने गरामनी ३ हर्चनास्थित राजमार्गको कल्भर्ट पनि वगाएको छ । कान्तिपुरमा समाचार छ ।