राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राष्ट्रिय सहमतिको सरकार गठनका लागि सोमबार दलहरुलाई आह्वान गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २९८ को उपधारा २ अनुसार सहमतीय सरकार बनाउन राष्ट्रपतिले दलहरुलाई आह्वान गरेकी हुन्।
सातदिन भित्र दलहरूबीच सहमति हुन नसकेमा अाठौं दिनमा सभामुखले सोही धाराको उपधारा ३ बमोजिम बहुमतीय सरकारका लागि प्रधानमन्त्री चयन गर्न निर्वाचन तालिका सार्वजनिक गर्नेछन्। सेतोपाटीमा समाचार छ ।