सप्तरीको सीमावर्ती क्षेत्र तिलाठीमा खाँडो खोलाको बहाव नै रोकिने गरी भारतले थालेको बाँध निर्माणको काम रोकिएको छ ।
नेपाली र भारतीयबीच बाँध निर्माणको विषयलाई लिएर विहीबार झडप भएपछि शुक्रबार उक्त काम रोकिएको हो । विवादित सो क्षेत्र अहिले नेपाली र भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ ।
सुरक्षाकर्मीले दुबैतर्फका सर्वसाधारणलाई हटाएका छन् भने दुबै देशका अधिकारीहरुबीच वार्ता सुरु भएको छ ।
बिहार, कुनौलीमा सुरु भएको वार्तामा नेपाली पक्षबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित जिल्लास्थित सुरक्षा प्रमुखहरु र भारतको बिहारस्थित सुपोल जिल्लाका डिस्ट्रिक मजिस्टे