विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सुरु भएको छ।
संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतहरुको मंगलबार सुनुवाइ सुरु गरेको हो। समितिले मंगलबार पाकिस्तानका लागि प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, बाज्रिलका प्रस्तावित राजदूत ताराप्रसाद पोखरेल, संयुक्त राष्ट्रसंघीय कार्यालय भियनाका लागि प्रस्तावित स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदी र बेलायतका लागि प्रस्तावित राजदूत डा. दुर्गाबहादुर सुवेदीको पालैपालो सुनुवाइ गरेको छ।
सुनुवाइका क्रममा सांसदहरुले प्रस्तावित राजदूतहरुसामु कूटनीतिक सम्बन्ध बलियो पार्न तपाईंका योजना के छन्? आर्थिक कूटनीतिका विषयमा कस्ता योजना बनाउनु भएको छ? लगायतका प्रश्न गरे। जवाफमा प्रस्तावित राजदूतहरुले आफूलाई खटाइएको मुलुकमा नेपाललाई अधिकतम हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए।
बाँकी प्रस्तावित राजदूतको दिनको चार जनाका दरले सुनुवाइ गर्ने कार्यसूची छ। प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्नु पहिले समितिले उजुरीकर्ताहरुलाई बोलाएर छलफल गरेको थियो। सरकारले गत वैशाखको पहिलो साता विभिन्न २२ वटा मुलुकका लागि राजदूतको नाम सिफारिस गरेको थियो। सेतोपाटीमा समाचार छ ।