इन्धनको मुल्य घट्यो, पेट्रोल ९७, डिजेल ७३ र मट्टितेल ७३ रुपैयाँ

 नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटेकाले नेपालमा पनि समायोजन गरेको हो । निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेका अनुसार मगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रतिलिटर पेट्रोलमा दुई, डिजेलमा दुई र मट्टितेलमा दुई रुपैयाँ घटाएको हो । मुल्य समायोजन भएपछि प्रतिलिटर पेट्रोल ९७, डिजेल ७३ र मट्टितेल ७३ रुपैयाँ किन्ने पाउने छन् ।  
खाना पकाउने ग्यासको मुल्य पनि समायोजन गरिएको छ । प्रतिसिलिन्डर ग्यासको मुल्य २५ रुपैयाँ घटेको छ । अब ग्यास सिलिन्डरको मुल्य १३ सय ७५ मा पाइने छ । कान्तिपुरमा समाचार छ ।