प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणमा ६ सदस्यीय मन्त्रिमन्डल गठन गरेका छन् ।
विहीबार नेपाली कांग्रेसबाट विमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महराले उपप्रधानमन्त्रीकोरुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए ।
यस्तै, कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट गौरीशंकर थारु र दलजीत श्रीपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सरकारमा निधिले उपप्रधानसहित गृह र महराले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
यस्तै, लेखकले भौतिक योजना तथा निर्माण, चौधरीले कृषि र श्रीपालीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सरकारमा कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय लिने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको वार्तापछि यो सहमति भएको हो । इमेजखबरमा समाचार छ ।