कांग्रेस पार्टी कार्यालयमा विधानसम्मत महाधिवेशन माग्दै अनसन

विधानसम्मत महाधिवेशन माग गर्दै नेपाल विद्यार्थी संघ बागेश्वरी पब्लिक क्याम्पस बाँकेका अध्यक्ष भोलानाथ शर्मा नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा एक्लै आमरण अनसन बसेका हुन्। 
 
सात दिनदेखि रिले अनसनमा बस्दासमेत माग सम्बोधन नभएपछि उनी एक्लै बिहीबारदेखि आमरण अनसनमा बसेका हुन्। नेविसंघको आसन्न महाधिवेशनमा प्रतिनिधि विवाद रहेको र त्यो सम्बोधन नगरी हुने निर्वाचन विधानसम्मत नहुने भन्दै नेविसंघका पदाधिकारीले केही दिनयता अनसनलाई जारी राखिरहेका छन्। 
 
नेविसंघका ६६ जिल्लाको मात्र अधिवेशन भएको छ। बाँकी जिल्लाको हुन बाँकी छ। जिल्ला अधिवेशन नै नभएको अवस्थामा प्रतिनिधि आफूखुसी राखेर अध्यक्ष रञ्जीत कर्ण समूहले महाधिवेशन गराउन लागेको आरोप विद्यार्थीको छ।