औचित्यको आधारमा मात्र संविधान संशोधन हुन्छ : केपी ओली

कांग्रेस माओवादीको सत्ता साझेदार
र संघीय गठबन्धनबीच संविधान संशोधनका लागि सबै पक्षलाई मनाउने सहमति भएको बेला एमाले
अध्यक्ष केपी ओलीले भने औचित्यको आधारमा मात्र संविधान संशोधन हुने बताएका छन् ।

 

कसैले बाटो बाटोमा संशोधन माग्दैमा
संविधान संशोधन हुँदैन
 निवर्तमान प्रधानमन्त्री
ओलीले बुधबार पत्रकारहरुसंग पार्टी कार्यालय धुम्बाराही भने
संविधानको संशोधन
औचित्यको आधारमा हुन्छ । जस्ले मागे पनि जहिले पनि गरिने कुरा होइन ।

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति
शेरबहादुर देउवाले मधेसी मोर्चासहितको संघीय गठबन्धनलाई उनीहरुको माग संविधान संशोधनमार्फत
पुरा गर्ने सहमति गरेका छन् । उक्त सहमति पछि प्रधानमन्त्रीमा गठबन्धनले दाहालको पक्षमा
मतदान गरेको थियो ।

 

संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी एमालेको
समेत सहमतिको आवश्यकता पर्दछ । ओली नेतृत्वको सरकारसंग पनि पहिले मधेसी मोर्चा र पछि
संघीय गठबन्धनको तर्फबाट संविधान संशोधन गरेर प्रदेशहरुको सिमांकनलाई फेर्न माग गरेको
थियो

 

ओलीले कसैलाई भोट हालेको वा कसैलाई भोट नहालेको
विषयलाई लिएर पूर्वाग्रह भने नराखिने बताए । संविधानको संशोधन कस्ले कस्लाई भोट हाल्यो
भनेर होइन
, औचित्यका आधारमा हुन्छ उनले थपे ।

 

हालै प्रधानमन्त्री दाहालले ओलीले ठूला ठूला सपना
देखाएको तर
, त्यसलाई पुरा गर्ने
योजना र स्रोत भने परिचालन नगरेको भन्ने विषयको पनि प्रतिवाद गरेका छन् ।
 मलाई विनम्रताका साथ सोधियो वा लिखित निवेदन दियो भने म स्रोत
देखाइ दिन्छु
 उनले भने । कान्तिपुरले छापेको छ