नवलपरासीको दाउन्नेडाँडामा पिकनिक गएर फर्कंदै गरेको जिप मंगलबार दाउन्नेको ओरालोमा पल्टिँदा चारजनाको मृत्यु भएको छ ।
तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मृत्यु हुनेमा जिपचालक नवलपरासी सुक्रौली-९ का सुदाकर पाण्डेकोमात्र सनाखत भएको छ ।
दुर्घटनामा अरु सातजना घाइते भएका छन् । आरोलोमा ट्रकलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।