उपप्रधान तथा गृहमन्त्री निधीद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्रीले पठाएको सन्देश हस्तान्तरण

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको सन्देश हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री दाहालको विशेष दूतको रुपमा निधीले मोदीलाई एक चिठी हस्तान्तरण गरेका हुन् । सन्देशमा विशेषत चार महत्वपूर्ण कुराहरु उल्लेख गरिएका छन् । शनिवार सामूहिक रुपमा ३५ मिनेट र वान टु वान १५ मिनेट कुराकानी गरेका थिए ।
प्रधानमन्त्रीको सन्देशमा संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर सकेसम्म छिटो चुनावमा जाने नयाँ सरकारको प्राथमिकता रहेको बताइएको छ । विशेषत मधेशवादी दल र जनजातीको मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।  
दोस्रो, नयाँ सरकार भारतसँगको सम्वन्धलाई सुमधुर वनाउन आतूर छ भन्ने सन्देश दिइएको छ । विगतमा देखिएका केही असमझदारी पूर्णरुपमा हटेको सन्देश दाहालको छ ।
तेस्रो, सन्देशको रुपमा दुई पक्षीय उच्च भ्रमणलाई उच्च प्राथमिकतामा राख्ने जसका कारण दुई पक्षीय सम्बन्धले नयाँ उचाई ग्रहण गर्ने छ । चौथो सन्देशमा नयाँ सरकार विकासका परियोजनाहरुलाई अगाडी बढाउन चाहान्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ ।
मोदीले नयाँ सरकारलाई पूर्णरुपमा सहयोग गर्ने आश्वासन दिएको भेटमा सहभागी एक उच्च अधिकारीले बताए । कान्तिपुरमा समाचार छ ।