प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनका विषयमा भारतमा छलफल गरेको भन्दै सरकारको आलोचना गरेको छ।
व्यवस्थापिका संसद्को आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान संशोधन हुन्छ भनेर चिठी दिइनु आपत्तिजनक भएको भन्दै सरकारको आलोचना गरेको हो।
प्रधानमन्त्रीको विशेष दूतका क्रममा दिल्ली भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधानलाई संशोधन गरेर सर्वस्वीकार्य बनाउने बुँदासहितको प्रधानमन्त्री दाहालको पत्र बुझाएका थिए।
एमाले सांसद् यज्ञराज सुनुवारले संविधान संशोधनबारे दिल्लीमा छलफल गर्न पुगेर सरकारले दिल्लीको इशारा बिना केही काम हुँदैन भन्ने सन्देश दिएको भन्दै राष्ट्रिय लज्जाको विषय भएको बताए।
नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम सुवालले पनि नेपालको संविधान संशोधनबारे दिल्लीमा छलफल हुनु राष्ट्रियताको दृष्टिले चिन्ताको विषय भएको बताए।
संसद् बैठकमा विशेष समय लिएर बोलेका एमालेका सांसद्ले भूकम्प प्रभावितलाई घर बनाउन पहिलो किस्ताको रकम दिन ढिलाइ गरिएकोप्रति खासगरी काँग्रेसमाथि कटाक्ष गरे।
एमाले सांसद् रामहरी सुवेदी र यज्ञराज सुनुवारले प्रतिपक्षमा रहेका बेला भूकम्प प्रभावितलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ दिनुप