बैतडीमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यू, चार वर्षमा २८ को ज्यान गयो

बैतडीको उदयदेब-९ मकैलमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।  शनिबार साँझ ७ बजेतिर घर नजिकै मकै बारी छेउमा रहेका बेला स्थानीय हिरा चन्दकी ७ वर्षिया छोरी चञ्चलामाथि चितुवाले आक्रमण गरेको हो ।  
उनको शव ३ घण्टा पछि नजिकैको जंगलमा आधा खाएको अवस्थामा भेट्टिएको स्थानीय प्रेम चन्दले बताए । उनी गंगेश्वर प्रावि मकैलमा २ कक्षामा अध्ययनरत रहेकी थिईन् । ४ वर्षयता बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले २८ जनाको ज्यान लिईसकेको छ । कान्तिपुरमा समाचार छ ।