पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको दुःखमा राजा र राजाको दुःखमा जनताको साथ रहने परम्परागत् मूल्य र मान्यता देशमा जीवितै रहेको भन्दै खुसी व्यक्त गरेका छन् ।
नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलमा काटिएको विद्युत् पुनः जोडेकोमा उर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिँदै पूर्वराजा शाहले असावधानीबस् भएको त्रुटि समयमै सच्याएर सरकारले जनआवाजको कदर गरेको बुधबार एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।
महेन्द्र मञ्जिलमा बिजुली काटिएपछि सामाजिक सञ्जालमा व्यक्त सहानुभूति र मिडियाले पनि दर्शाएको असहमतिलाई पनि उनले धन्यवाद दिएका छन् । इमेजखबरमा समाचार छ ।