रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगण–मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ ६ मा
सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ । एक
जनाकाे उपचारकाे क्रममा र २० जनाकाे घटनास्थलमै मृत्यु भएकाे हो ।
चितवनका प्रहरी
प्रमुख एसपी बसन्त कुँवरले २० जनाको घटनास्थलममा र एक जनाकाे उपचारकाे
क्रममा मृत्यु भएको जानकारी दिंदै मृतकहरुको पहिचान खुलिनसकेको बताए । मृत्यु हुनेमा २ जना महिला छन् ।
दुर्घटनामा परी १६ जना गम्भीर घाइते छन्
। उनीहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना बिहान साढे ३ बजे भएको हो ।
चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।
कान्तिपुरले लेखेको छ ।



