एकपछि अर्को सडक दुर्घटनामा यात्रुको मृत्यु हुन थालेपछि धनकुटामा जोखिम न्यूनीकरण अभियान सुरु

एकपछि अर्को सडक दुर्घटनामा यात्रुको मृत्यु हुन थालेपछि धनकुटामा ट्राफिक प्रहरी कार्यालयले जोखिम न्यूनीकरण अभियान थालेको छ ।
सकेसम्म दुर्घटना कम गर्ने लक्षअनुरुप धनकुटा हुँदै तेह्रथुम, भोजपर, संखुवासभा तथा तराईका जिल्लाका विभिन्न स्थानमा जाने सवारी-साधनलाई लक्षित गरी अभियान सन्चालन गरिएको हो ।
यसअन्तर्गत् सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, यात्रुबाहक बसले व्यापारिक प्रयोजनका लागि सामान बोक्न नपाइने, आवश्यकताअनुसार अस्थायी रुट परमिट उपलब्ध गराउने छ ।
यसैगरी, चेकजाँचलाई निरन्तरता दिइने, यात्रु र सवारी-साधनको