महिलाको निम्ति महिला मञ्च नेपालको ७ औ साधारण सभा सम्पन्न

काठमाडौं
(अर्घाखाँचीडट्कम)
महिलाको निम्ति
महिला मञ्च नेपालले श्रमिक महिलाहरुको सवालमा सरोकारवाला निकायहरुको दायित्व
विषयमा अन्तरकृया कार्यक्रम तथा संस्थाको 
७ औ साधारण सभा सम्पन्न गरेको छ ।

अन्तरकृया
कार्यक्रमलाई सम्बोधन गर्दै महिला
, बालबालिका तथा जेष्ठ नागरिक समिति कि सभापति तथा व्यवस्थापिका संसदकि सदस्य  रन्जु झाले आफु यहि सँग सम्बन्धि भएर
सँसदमा कानून बनाउन लागेको र मनोरन्जन क्षेत्रलाई व्यवस्थित गर्न के गर्नु पर्छ
, यसमा सबैको साथ र सहयोगको खाचो रहेको बताइन  । त्यसैगरि राष्ट्रिय महिला आयोगकि पूर्व सदस्य
मनु हुमागाईले आफू आयोगमा हुदा पनि यहि क्षेत्रलाई व्यवस्थित गर्न लागि परेको र
अहिले पनि श्रम ऐनमा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सवाल समेटनु
पर्छ भन्ने विषयमा वकालत गरिरहेको जानकारी
दिईन । अन्तरकृया
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम विभाग काठमान्डौका कारखाना निरीक्षक संजय थिङ्गले
शंशोधनको क्रममा रहेको श्रम ऐनले पक्कै पनि श्रमिक महिलाहरुको सवालमा कानूनको
व्यवस्था गर्ने कुरामा जोड
दिएका छन् । कार्यक्रममा काठमान्डौ महानगरपालिका उप
निर्देशक युवराज खनाले आफनो एक्यबद्धताको रहेको
बताए । साथै गोगंबु
प्रहरी प्रभागकि प्रहरी निरिक्षक पूर्णिमा चन्दले मनोरन्जन क्षेत्रमा कार्यरत
श्रमिक महिलाहरुको सुरक्षाको सवालमा आफु सधै चनाखो भएको र महिलाको सुरक्षाको लागि
आफू हदैसम्म खटेको कुरा व्यक्त
गरेका थिए

दोहरी साझ तथा
डान्सबारमा काम गर्ने श्रमिक महिलाहरुको सख्या काठमाण्डौमा मात्र करिब ५० हजारको
हाराहारीमा रहेको सरकारी तथ्यांक रहे पनि दिन दिनै यस क्षेत्रमा कार्य गर्ने मलिहा
श्रमिकहरुको सख्या बढिरहेको छ । तर अझैपनि यस क्षेत्रमा कार्यगर्ने महिलालाई
अनौपचारिक बनाइएको छ । उनीहरुलाई कार्यगर्ने संस्थाले परिचय पत्र र नियुक्ति पत्र
पनि नदिएको यस स्थितिमा श्रम ऐनले आफनो सवाललाई समेटने जिज्ञासा उपस्थिीत सहभागिले
राखेको थिए ।

अनौपचारिक तथा
मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको मानव अधिकार र श्रम अधिकारको लागि
२०६४ साल देखि मञ्चले राज्य सामू पैरवी र दवाव दिदै
आईरहेको रशना ढकालले जानकारी दिईन  ।