दोलखाको छ्योत छ्योत गाउँ शोकमा डुब्यो

दैनिक गुजारा चलाउँदै आएको आफ्नो थातथलो छोडेर जान कसैको मन मानेन। यही थातथलो नछोड्दा आएको पहिरोले छ्योत छ्योत गाउँका केहीलाई जिन्दगीले नै छोडेर गयो। 
 
माथिल्लो तामाकोसी आयोजानाको ड्यामसाईट भन्दा तल्लो क्षेत्रमा रहेको सो गाउँमा तामाङ समुदाय जीविकाका लागि बसोवास गर्दै आएका थिए। 
 
बुधबार राति करिब १० बजे लामाबगर गाविस-४ स्थित छ्योत छ्योत गाउँको माथिल्लो लेकबाट खसेको पहिरोले चारवटा घर पुरिएर दुई जनाको मृत्यु र पाँचजना बेपत्ता भए। 
 
गाउँमाथिको लेकबाट मध्यरातमा झरेको भीषण पहिरोले बस्ती पुरेपछि पीडित बनेका गाउँबासीले भेटिएको शवको दाहासंस्कार त गरे तर पहिरोमा बेपत्ता भएकाहरु अझै फेला नपर्दा शोकाकुल बनेका छन्। 
 
लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलबिद्युत् आयोजनाको पावर हाउस गोंगरबाट बाँधस्थल पुग्ने सडकखण्डमा पर्ने सो गाउँ सदरमुकाम चरिकोटबाट ६१ किलोमिटरको दुरीमा पर्छ। 
 
घटनास्थल पुगेर फर्किनुभएका प्रहरी नायव उपरीक्षक रवीन कार्कीकाअनुसार बस्ती भन्दा माथिल्लो क्षेत्रबाट झरेको पहिरोले स्थानीयवासीका घर बगाएर तामाकोसी नदीमा पु